काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको आज ब्रेक थ्रु भएको छ । २८ दिनको कार्ययोजना सहित पानी पथान्तरणको कार्य शुरु गरिएको र २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको खानेपानीमन्त्री महिन्द्रराय यादवका स्वकीय सचिव टङक धमलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आउँदो माघ १ गतेदेखि काठमाडौँ उपत्यका वासीले मेलम्चीको पानी पिउन पाउने भएका छन् । आज मेलम्ची खानेपानी आयोजनाको ब्रेक थ्रु भएपछि पानी पथान्तरणका लागि खटिएका सबै निकाय तथा कर्मचारीहरुलाई मन्त्री यादवको सचिवालयले एक विज्ञप्ति प्रकासित गरी धन्यवाद समेत व्यक्त गरेको छ ।