बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

यस वर्षको एसईई चैत पहिलो साताबाट हुने

यस वर्षको एसईई चैत पहिलो साताबाट हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका अनुसार यो वर्षको एसईई परिक्षा चैतको पहिलो साताबाट हुने जनाएको छ । परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा हुने बताएको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।

उनले भने, ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो साताबाट हुन्छ । माघको पहिलो सातामा रुटिन निकाल्छौँ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन्छ ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend