logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • कुश्मिसेरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    कुश्मिसेरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    1.2K
    Shares
    कुश्मिसेरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    बाग्लुङ-  राष्ट्रिय बाणिज्य बैंकको सक्रियतामा बाग्लुङको कुश्मीसेरामा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

    सो बैंकको सहयोगमा सुनौलो नेपाल अनलाईन प्रालीको आयोजना र जैमुनी नगरपालिकाको समन्यवमा आज कुश्मी शेरा बजारमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    उक्त अवसरमा कुश्मिसेराको शान्ति माविसहित बिभिन्न विद्यालयका बिधार्थी, शिक्षक, नगरपालिकाका कर्मचारी व्यवसायी जनप्रतिनिधिहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रमको महत्व र आवश्यकताका साथै यसको उद्देश्यका बारेमा सहभागीलाई जानकारी प्रदान गराइएको थियो।

    सो कार्यक्रमका प्रमुख अतिथि  जैमुनी  नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालय तहका विद्यार्थी र अन्य युवायुवतीहरुमा लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमबाट वित्तीय साक्षरताका क्षेत्रमा राम्रो सन्देश प्रवाह भएको बताउँदै यस महत्वपूर्ण कार्यक्रमको सहकार्यको अवसर प्रदान गरेकामा सुनौलो नेपाल प्रालिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    सो कार्यक्रममा राससका प्रधान सम्पादक एकराज पाठक र बैंकको बागलुंग शाखाका प्रबन्धक बिमल पौडेलले वित्तीय साक्षरताको आवश्यता र महत्वमाथि प्रकाश पार्दै विद्यार्थी र युवायुवतीहरुमा यसको आवश्यकताका बारेमा जानकारी दिनुभयो ।

    उहाँहरुले विद्यार्थीहरुलाई अहिल्यैदेखि बचत गर्ने बानीको विकास गर्न सुझाव दिँदै बैंकलाई साथीका रुपमा लिएर अहिले बचत गरी भोलि आवश्यक र समस्या परेका बेलामा सोही बचत गरेको रकमबाट लाभ लिनेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    सो नगरपालिकाको ४ नं वडाका वडाअध्यक्ष चक्रबहादुर थापाले पनि वित्तीय साक्षरताका कार्यक्रमलाई आगामीी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

    सो कार्यक्रममा जैमिनी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खिमप्रसाद आचार्यले बालबालिकाले पनि बैंकमा खाता खोली बचत गर्ने बानीको विकास गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

    उक्त कार्यक्रममा शान्ति मावि कुश्मिसेराका प्रधानाध्यापक यामबहादुर जिसी लगायत विभिन्न शिक्षक तथा शिक्षिककाहरुका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको संचालन जैमिनी नगरपालिका सामाजिक बिकास शाखाकी  सहायक महिला बिकास निरिक्षक देबी बिक सुनारले गर्नुभएको थियो।

    सरकारी स्वामित्य्वको राष्ट्रिय बाणिज्य बैंकका हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग, क्युआर कोड सेवा, पीओएस, क्रेडिड र डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ्ग तथा बिनाइन्टरनेट चल्ने यूएसएसडी माबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend