logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने

    नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने

    1.4K
    Shares
    नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने

    काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो । तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।

    पुस २८ गतेदेखि माघ २० सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार गत वर्ष पनि सो खण्डमा पुलका लागि पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।

    अन्यत्र पहाड काटेर पुलहरु धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो । तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरुको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर यसपटक चट्टान काट्न थालिएको थियो । रक स्प्लीटर, हाइड्रोलिक ज्याक हेम्बरको सहयोगमा चट्टान काट्ने काम गरिएकोे आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी आचार्यले जानकारी दिए ।

    उनका अनुसार यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिएको छ । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो । गत बर्ष झण्डै तीन महिना तुइन खोलाको पहाडमा सडक बन्द गरेर ६० मिटर अग्लो ठाँउबाट चट्टान काट्ने प्रयास गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend