सिन्ह्वा ।
अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीवार भएको बिस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताउनुभएको छ ।
आतंकवादी हमलालाई दोष दिँदै जाद्रानले सुरक्षा बलहरुले देशका सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने बताउनु भयो । दशत–ए–बर्ची इलाकामा यो दोस्रो आतंककारी हमला हो ।
यसअघि शनिवार मिनी बसलाई लक्षित गरी भएको आक्रमणमा ५ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।
शनिबारको मिनी बसमा भएको हमलाको जिम्मेवारी प्रतिद्वन्द्वी दाएस वा इस्लामिक स्टेट संगठनले लिएको छ तर अन्य दुई बिष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।