logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्छ : रवि लामिछाने

    राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्छ : रवि लामिछाने

    1.2K
    Shares
    राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्छ : रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताउनुभएको छ ।

    शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताउनुभयो ।

    उहाँले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताउनुभयो । राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘त्यतिबेलाको बाइसे, चौबिसे राज्यहरुको अवस्था र त्यो इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको अघात सम्मान यसमा मलाई लाग्छ कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन ।

    राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन । सबैको साझा बनाउने काममा लाग्नुपर्छ । राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राख्नुपर्छ ।’ सभापति लामिछानले राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनु भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend