logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मौसम पूर्वानुमान : तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

    मौसम पूर्वानुमान : तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

    1.2K
    Shares
    मौसम पूर्वानुमान : तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    अहिले देशका सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

    पूर्वी तथा पश्चिम तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

    यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend