पोखरा ,२९ पुस । गरिमा बिकास बैंक लिमिटेडको सत्रौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार पोखरा महानगरपालिका स्थित ग्राण्ड होटलमा सम्पन भएको हो ।
गरिमा बैंकका शेयरधनिहरुलाइ ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरि जम्मा १० प्रतिशत बितरण गर्ने प्रस्ताव पारित गरेको गरिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मिले जानकारी दिनुभयो ।
५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पूजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९।५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ ।
साधारणसभाको लागि २०८० पौष १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८० पौष १६ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।
विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।