काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजारीले यातायात क्षेत्र समस्याग्रस्त आवस्था रहेको बताउनुभएको छ ।
मंगलवार धनगढीमा यातायात व्यवसायीहरुसँगको छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो बताउनुभएको हो । उहाँले विगतको सरकारले कुनै अध्ययन र अनुसन्धान बिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भइरहेको बताउनुभयो ।
उहाँले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धान बिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धरासायी भएको उल्लेख गर्नुभयो । यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावक बिहीन अवस्थामा रहेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाई छ । उहाँले २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्वित वा कोमामा रहेको बताउनुभयो ।
उहाँले यातायात क्षेत्र कम्पनीमा लैजाने निर्णयपछि बन्नुपर्ने नीति र कार्यविधि अहिलेसम्म बन्न नसकेको बताउनुभयो । उहाँले सरकारले कम्पनीको रुपमा कुनैपनि कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृद्धि बढ्दा अस्वस्थ प्रतिष्पर्धा बढेको बताउनुभयो ।
उहाँले सरकारसँथ कुन सवारी साधन कहाँ जाने भन्ने कुनै विधि पद्धती नभएको दाबी गर्दै विधि र पद्धति नभएको कारण पनि सडक दुर्घटना बढी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपालको यातायात क्षेत्र संक्रमणकालिन र जर्ज परिस्थितिमा छ । सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएर अनुसन्धान बिना कम्पनीमा रुपान्तरण गर्ने निर्णय गर्यो ।
त्यो निर्णयले गर्दा नेपालको यातायात क्षेत्र छेदविछेद भएको छ । सरकार नयाँ ढंगमा जान खाजेको होला भन्ने सोच्यौं । तर सरकारले यातायात क्षेत्रलाई अभिभावक बिहीन बनायो । २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्वित वा कोमामा छन् ।यातायात क्षेत्र कम्पनीमा गएपछि जुन विधि र कार्यविधि बन्नुपर्ने हो । कुनै कार्यविधि अहिलेसम्म बनेको छैन । अहिलेसम्म सरकारले कम्पनीको रुपमा कुनैपनि कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको छ ।
त्यसले अस्वस्थ प्रतिष्पर्धा छ । कुन सवारी साधन कहाँ जाने भन्ने कुनैपनि विधि पद्धति बनेको छैन । त्यसको कारण पनि सडक दुर्घटना बढिरहेको छ । यातायात व्यवसायीहरुले राखेका मागहरु सम्बोधन नभएको कारण समस्या छ । ७२ घण्टाको नाममा भारतीय नम्बर प्लेटका सवारी साधनहरु भित्रिएर देशभर घुमिरहेको कारणले अस्वस्थप्रतिस्पर्धा बढेको छ । त्यसले नेपाली यातायात क्षेत्र धरापमा परेको छ ।
सडक दुर्घटना किन र कसरी हुन्छ भन्ने विषयमा समेत हुनै निष्कर्षमा राज्य पुग्नसकेको छैन । सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु समस्यामा छन् । राज्यले कानूनमा भएका व्यवस्थालाई व्यवहारमा लागू गरेको छैन ।’ सरकारले यातायात व्यवसायीहरुले राखेका मागहरु अहिलेसम्म सम्बोधन नगरेको आरोप लगाउनु भयो ।
उहाँले ७२ घण्टाको नाममा भारतीय नम्बर प्लेटका सवारी साधनहरु भित्रिएर देशभर घुमि रहेको कारणले अस्वस्थ प्रतिष्पर्धा बढेको बताउनुभयो । उहाँल सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु समस्यामा रहेको बताउनुभयो ।