logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

    नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

    2.2K
    Shares
    नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

    काठमाडौँ । सशस्त्र प्रहरीको २३ औँ दिवस २०८० को उपलक्ष्यमा आज प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।

    ३५ वर्ष भन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोषकुमार ढकाल टिम क्याप्टेन रहेका थिए । प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको फुटबल टिमलाई २–० को अन्तरले जित हासिल गरी विजयी भएको छ ।

    महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र उपरथी सन्तोषकुमार ढकालले नेपाली सेनाको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए ।

    शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्दै अगाडी बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरीबीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगिता लगायत अन्य गतिविधिहरु समेत गरिदै आएको छ ।

    खेलकुद प्रतियोगितामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend