logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • थाइल्याण्डद्वारा नेपाललाई ६७ रनको झिनो लक्ष्य प्रस्तुत

    थाइल्याण्डद्वारा नेपाललाई ६७ रनको झिनो लक्ष्य प्रस्तुत

    1.5K
    Shares

    फागुन २१ काठमाडौं:- थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटअन्तर्गत थाईल्याण्डले नेपालसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिंग रोजेको थाईल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउंदै ६६ रन बनाएको हो।

    थाईल्याण्डका लागि हेन्नो जोर्डनले १३ र फिरियापोङ सुहानचुवाइले १३ रन बनाए। अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन।

    नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए। अविनाश बोहराले दुई विकेट लिए। सन्दीप लामिछाने र भुवन कार्कीले एक-एक विकेट लिए।

    नेपालले शुक्रवार सिङ्गापुरसँग आफ्नो अन्तिम खेल खेल्नेछ। सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछन्। मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनोट हुनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend