logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) माथि शानदार जित

    प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) माथि शानदार जित

    1.4K
    Shares
    प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) माथि शानदार जित

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) माथि ५ विकेटको शानदार जित निकालेको छ ।

    एपीएफले दिएको २४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि रुपेश सिंहले अविजित ७२ इनिङ खेले । पवन सराफले ६४, निरोज यादवले ५२, अनिल शाहले २९ र अभिषेक तिवारीले १३ रन जोडे । बलिङमा एपीएफका कप्तान रोहित पौडेल र रमेश कुर्मीले २(२ र मौसम ढकालले १ विकेट लिए ।

    यसअघि टियु क्रीकेट मैदानमा पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाएको थियो । रोहित पौडेलले ५८, असिफ शेखले ५९, अमरसिंह रौटेलाले अविजित ४९ रन बनाए । बलिङमा मधेशका प्रदीप पासवान र रुपेश सिंहले ३–३, रन्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए ।

    यससँगै एपीएफले यस प्रतियोगितामा पहिलो हार बेहोरेको छ । एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रन र कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो ।

    मधेशको भने पहिलो खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । आर्मीसँग १२६ र बागमती प्रदेशसंग ८६ रनले पराजित भएको थियो

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend