सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ

क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ

काठमाडौँ । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु रहेका विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो ।अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरु बताउँछन् ।

पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend