सिन्ह्वा
पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुंगा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
तालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । गुजरातको राजधानी गान्धीनगरबाट १२७ किलोमिटर दक्षिणपूर्वमा रहेको वडोदराको हरानी मोतनाथ तालमा डुंगा पल्टिएको हो । अधिकारीहरुले खोजलाई तिब्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरुलाई पनि तैनाथ गरेका छन् ।
विद्यालयले विद्यार्थीका लागि पिकनिकको आयोजना गरेको अधिकारीहरुले बताएका छन् । डुंगाले आफ्नो क्षमताभन्दा धेरै मानिसहरु बोकेको र तिनीहरुमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको खुलेको छ ।