logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • यसरी जान सकिन्छ कामदार भिसामा अमेरिका

    यसरी जान सकिन्छ कामदार भिसामा अमेरिका

    1.7K
    Shares

    फागुन २१ काठमाडौं: अब कामदार भिसामा पनि अमेरिका जान सकिने भएको छ। कामदार भिसा मार्फत अमेरिका जानका लागि ‘एचवान बी’ले मार्च १ अर्थात आजबाट आवेदन खुल्ला गरेको छ।

    युएससीआईएसको सुचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म आवेदन दिन सकिनेछ । युएससीआईएसकाले यो आवेदन आर्थिक बर्ष २०२१ का लागि खुलाएको हो । यसका लागि आवेदन निर्धारित समयसम्ममा विश्वको जुनसुकै स्थानबाट भर्न सकिनेछ। जसका लागि अनलाईन दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । फारम भरेपछि आवेदकलाई युएससीआईएसले कन्फर्मेशन कोड पठाउनेछ। आँफु छनौंट भएको वा नभएको यकिन गर्न नतिजा मार्च ३१ मै हेर्न सकिने छ ।

    छनौट भएका अवेदकहरुले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्ने र तोकिएका सबै प्रकृया पूरा गरेको खण्डमा अमेरिकाले भिसा दिने बताइएको छ । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो प्रकृया अघि बढाइएको सुचनामा उल्लेख गरिएको छ । अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुकाे लागि पहिलोपटक अनलाइनमार्फत रजिस्ट्रेशन दिन लागेको हो।

    याे पटक ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा खुलाइएको छ । त्यस्तैगरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा खुलाइएको छ । यद्यपि अमेरिकामै मास्टर्स डिग्री गरेकाहरु पनि ६५ हजारको कोटामा आवेदन दिनसक्ने सुचित गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend