logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • सुनिल पौडेल र विकल पौडेल पक्राउ

    सुनिल पौडेल र विकल पौडेल पक्राउ

    486
    Shares
    सुनिल पौडेल र विकल पौडेल पक्राउ

    काठमाडौं। सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पनि पक्राउ परेका छन्।

    सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा मुछिएका दुवै जनालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो। उनीहरु दुवै यस प्रकरणमा भ्रष्टाचार मुद्दामा मुछिएका थिए।

    गत असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend