logo

२०८१ माघ १५ मंगलबार

logo
  • मंगलबार, १५ माघ २०८१
  • मुगुका किसान गड्यौला मल उत्पादनतर्फ आकर्षित: के हो गड्यौला मल ?

    मुगुका किसान गड्यौला मल उत्पादनतर्फ आकर्षित: के हो गड्यौला मल ?

    2.8K
    Shares
    मुगुका किसान गड्यौला मल उत्पादनतर्फ आकर्षित: के हो गड्यौला मल ?

    सनत हमाल, मुगु । मुगुका किसान गड्यौला मल उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । गड्यौला मलको प्रयोगले उत्पादनमा वृद्धि हुने भएकाले मल उत्पादन र प्रयोगमा किसान जुटेका हुन् ।अन्य मल प्रयोग गर्दा कीराको औषधि पनि हाल्नुपर्थ्यो ।

    मुगुको मुगुम कार्मारोङ गाउपालीका –९ छायलका किसान छप्कीलाल रोकाया भन्छन् ‘यो मल प्रयोग गरेपछि कीरा लागेको थाहा छैन ।’ अन्य मलको तुलनामा गड्यौला मलको प्रयोगले उत्पादनसमेत वृद्धि भएको रोकाया बताउँछन् । खेर गइरहेको पातपतिङ्गर प्रयोग गरिने भएकाले खर्च पनि नलाग्ने र उत्पादन पनि राम्रो हुने उनी बताउँछन् ।

    बर्षौ देखि देखि व्यावसायिक तरकारी खेती गर्दै आएका छप्कीलाल रोकाया गड्यौला मल उत्पादन देखि गड्यौलाको बिउ समेत अनेत्र जिल्लामा बिक्री गरेका छन् । गड्यौला मलले तरकारी खेतीमा उत्पादनमा वृद्धि हुने थाहा पाएपछि मल उत्पादन शुरू गरेको उनले बताए । ‘गड्यौला मल राम्रो हुन्छ भनेर धेरै सुने, अनि कस्तो हुँदो रहेछ भनेर उत्पादन गर्न थालेको र गड्यौला मल उत्पादन गरे देखि तरकारी खेतीमा उत्पादनमा वृद्धि भयकाले आफुलाई घर खर्च चलाउन छोराछोरी पढाउन पुगेको रोकाया भने । अहिले मुगुका किसानले गड्यौला मल उत्पादन र प्रयोग गर्न थालेका छन् । साहस नेपालको तालीम लिएसँगै रोकायाले मल उत्पादन गर्न थालेका हुन् । मल उत्पादनका लागि किसानलाई प्लाष्टिक,जस्तापाता, सिमेण्ट र गड्यौला बिउ सहयोग गरेको साहस नेपाल मुगुले बताएको छ।

    के हो गड्यौला मल ?

    खेर गएको पातपतिङ्गर जम्मा गरेर त्यसमा गड्यौला राखेर बनाइने मल भएकाले यसलाइ गड्यौला मल भनिएको हो । पातपतिङ्गर लाई एक ठाउँमा जम्मा गरेर त्यसमा गड्यौला राखिन्छ । उक्त पातपतिङ्गर खाएर गड्यौलाले बनाएको धुलो नै मलका रूपमा प्रयोग हुन्छ । विशेषगरी नरम खालका पात राख्नु उपयुक्त हुने प्राविधिकको भनाइ छ । पातपतिङ्गर राखेको महीना दिनमा मल तयार हुन्छ । त्यसबाट गड्यौला उत्पादन पनि बढ्ने र विक्री गर्न मिल्ने बताइएको छ । गड्यौला प्रतिकेजी १ हजार २ सयदेखि १ हजार ५ सय रूपैयाँमा बिक्री हुने गरेको किसानको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend