logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले पहिले बलिङ गर्ने

    आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले पहिले बलिङ गर्ने

    1.1K
    Shares
    आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले पहिले बलिङ गर्ने

    काठमाडौँ ।  दक्षिण अफ्रिकामा जारी आईसीसी  १९ विश्वकप क्रिकेटको अफगानिस्तानविरुद्धको आफ्नो तेस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । उक्त खेलमा अफगानिस्तानले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।यो खेलमा नेपाल र अफगानिस्तान दुबै टोली जित्नै पर्ने दबाबमा छन् ।

    समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्ड ‘सुपर सिक्स’ चरणमा पुग्ने निश्चित भइसकेकाले पनि नेपाल र अफगानिस्तान दबाबमा परेका हुन् ।
    शुक्रबारको खेलमा विजयी हुने टोली समूह ‘डी’ बाट तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछ ।

    नेपाल र अफगानिस्तान दुबैले यसअघि दुई दुई हार ब्यहोरिसकेका छन् । नेट रन रेटमा भने अफगानिस्तानभन्दा नेपाल अगाडि छ । नेपालको नेट रन रेट ०।८०० र अफगानिस्तानको नेट रन रेट २।८६० रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend