logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

    1.1K
    Shares
    प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबिच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।

    उपमन्त्री हायान नेकपा माओवादी केन्द्र को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग भेटवार्ता गर्ने छिन् । सुनले व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend