काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ ।
हृदयघात भएपछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । ५६ वर्षीय मरासेनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए ।