logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने अञ्जना भन्छिन देशको ठुलो मान्छेलाई मिर्गौला दिन पाउनु मेरो भाग्य

    प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने अञ्जना भन्छिन देशको ठुलो मान्छेलाई मिर्गौला दिन पाउनु मेरो भाग्य

    4.6K
    Shares

    फागुन २२ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण भएको हो। उनलाई भान्जी नाता पर्ने समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन्।

    ओलीलाई पहिलोपटक मिर्गौला दान गरेकी अञ्जना घिमिरेले प्रम ओलीलाई मिर्गौला दिन पाएकोमा आफुलाई भाग्यमानि ठानेको बताएकी छिन। सुनौलो नेपालसंगको कुराकानीका क्रममा घिमिरेले भान्जी समिक्षा पनि आफूजस्तै भाग्यमानि भएको बताइन।

    उनले आफूले केपी ओलीको लागिभन्दापनि नेपाली र नेपाली जनताको सुखद भविष्यको लागि किड्नी दान गरेको उनको भनाइ छ। घिमिरेले आफूलेजस्तै भान्जी समिक्षाले पनि राम्रो काम गरेको बताइन। मिर्गौला दान गरेकोमा आफुलाई जहिलेपनि खुसीको अनुभूति भएको घिमिरेले बताइन। हेर्नुहोस सुनौलो नेपालका लागि अञ्जना घिमिरेसंग सन्तोष निरौलाले गरेको कुराकानी:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend