काठमाडौँ । नेपालको गुप्तचर तथा जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागमा व्यापक हेरफेर गरिएको छ । हिजो अस्तीतिर सुदूरपश्चिमसहित सबै प्रदेशस्थित जिल्लामा कार्यरत विभागका हाकिमहरुको सरुवा गरिएको हो ।
यसरी सरुवा हुनेमा सुदूरपश्चिमका केही एसपी र डीएसपी पनि परेका छन् । सुदूरपश्चिमबाहेक अन्यत्रको पनि जिल्लाका प्रमुखहरु फेरिएको बुझिएको छ । सोही क्रममा कैलाली जिल्लाका प्रमुख पनि सरुवा भई जाने लिष्टमा परेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागको केन्द्रीय कार्यालयका एक जना अधिकृतका अनुसार हाकिमहरुको सरुवा भैसकेको तर पत्र आउन बाँकी रहेको जानकारी दिए ।
भोलिसम्ममा लिष्ट आइसक्ने उनको भनाई छ । हाकिमबाहेकका तल्लो दर्जामा पनि व्यापक हेरफेर गरि यताका उता र उताका यता पारिएको विभागमा चर्चा छ ।