बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुटपिट प्रकरण : असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारवाही गर्न सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुटपिट प्रकरण : असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारवाही गर्न सिफारिस

काठमाडौँ । केही दिन पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

सहसचिव थानेश्वर गौतम नेतृत्वमा गठित उक्त समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ भने अन्य दुई जना सिपाहीलाई अनुशासनको कारबाही गर्न भनेको छ ।

यस्तै छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालय फिर्ता बोलाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

त्यसैगरी सिसिटिभी फुटेज हेर्न जाँदा भएको घटनामा उपस्थित रहेका डिएसपीलाई पनि अनुशासन सम्बन्धी कारवाहीको लागि सिफारिस गरिएको एक अधिकारीले सुनौलो नेपाललाई बताए । उनका अनुसार प्राप्त रिपोर्ट कार्यान्वयनका लागि गृह सचिवले पठाईसकेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend