सिन्ह्वा । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजा र वरपरका क्षेत्रहरुमा तनाव कम गर्ने उपायहरुको खोजि गर्न आह्वान गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको रहेकाले तत्काल तनाव कम गर्ने उपायहरुको बारेमा खोजि गर्न आह्वान गरेको बताउनुभयो ।
आफूले सो क्षेत्रलाई थप हिंसाबाट जोगाउन तत्काल कदमहरु चाल्न आह्वान गरिरहेको बताउनु भयो । राष्ट्रसंघले गाजामा बढ्दो आवश्यकताहरु सम्बोधन गर्न खोजिरहेको बताउनुभयो ।
कब्जा गरिएको वेस्ट बैंकको बिग्रँदै गएको स्थितिमा केन्द्रित रहने बताउनुभयो । सबैखाले हिंसा गाजामा रोकिनुपर्ने बताउनुभयो । उहाँले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अनुभुति र न्याय तथा दिगो शान्ति र स्थिरतामा आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो ।