logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सांसद विनोद चौधरीको पहलमा सिंहदरबारमा सबै पक्षको बैठक, नारायणगढ–बुटवल सडक समयमा सम्पन्न नभए ठेक्का तोड्नेसम्मको निर्णय लिइने

    सांसद विनोद चौधरीको पहलमा सिंहदरबारमा सबै पक्षको बैठक, नारायणगढ–बुटवल सडक समयमा सम्पन्न नभए ठेक्का तोड्नेसम्मको निर्णय लिइने

    1.7K
    Shares
    सांसद विनोद चौधरीको पहलमा सिंहदरबारमा सबै पक्षको बैठक, नारायणगढ–बुटवल सडक समयमा सम्पन्न नभए ठेक्का तोड्नेसम्मको निर्णय लिइने

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसि) लाई निर्देशन दिएका छन् । म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने पनि उनले स्पष्ट पारेका छन् ।

    सोमबार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधी समेतको बैठकमा पूर्वाधार मन्त्री ज्वालाले उक्त निर्देशन दिएका हुन् । ‘अब समयमा काम सक्नैपर्छ । अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ । अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाई भएको सहन सक्ने अवस्था छैन’ मन्त्री ज्वालाले चिनियाँ ठेकेदारलाई निर्देशन दिए ।

    बैठकको संयोजन गरेका सांसद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्य अनुसार काम गर्नुपर्ने र लक्ष्य पुरा नगरे उसको रकमबाट कट्टा हुने गरि अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरे । ‘ठेकेदार कम्पनीले पटक पटक प्रतिवद्धता जनाउने तर पूरा नगर्ने बिषय अब सैह्य नहुने भन्दै सांसद चौधरीले लक्ष्य अनुसार काम नगर्ने ठेकेदारबाट ‘डयामेज क्लेम’ गरि उसकै पैसामा अन्य ठेकेदारहरूलाई परिचालन गर्न ढिलाई गर्न नहुने बताए ।

    ‘नारायणगढ–बुटवल सडक तत्काल मर्मतसम्भार गरि सहज रुपमा गाडी आवतजावत हुने वातावरण बनाउनुपर्छ । यो काम अधिकतम एक महिनाभित्र भईसक्नुपर्छ’ सांसद चौधरीले ठेकेदारलाई भने, ‘सन् २०२४ को सेप्टेम्बरसम्म सम्पूर्ण काम सक्नुपर्छ । स्थानीय वासिन्दाले धेरै दुःख पाईसके अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ ।’

    पूर्वाधार मन्त्री ज्वालाले सडक निर्माण गरिरहदा सडकको मर्मत सम्भार गर्ने र सडकमा सहज आवागमनको व्यवस्था मिलाउने शर्त ठेक्कामा रहेकाले अहिले ठेकेदारले गरिरहेको व्यवहार सम्झौता विपरित रहेको भन्दै सम्झौताका शर्त पालना गर्न निर्देशन दिए । त्यसैगरि सडक कालोपत्रे गर्दा एकापट्टीको दुई लेन सडक पहिले सम्पन्न गरि त्यसपछि बाँकी लेनमा काम गर्न पनि ठेकेदारलाई निर्देशन दिए ।

    ठेकेदारलाई रकम निकासमा समस्या नरहेको, निर्माण सामाग्रीको अभाव नरहेको र विद्युत् पोल र तारहरुको व्यवस्थापन भएको अवस्थामा सडक निर्माणको काममा किन प्रगती भएन भन्ने कुरालाई सरकारले गम्भिरतापूर्वक लिएको बताए । संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिङले ठेकेदारलाई चिनमा पनि यस्तै गतिमा काम गरेको भए के हुन्थ्यो भन्ने प्रश्न गर्दै ठेकेदार कम्पनीले चिनियाँ कन्ट्रयाक्टरहरुको बदनाम गरेको बताए ।

    बैठकमा सांसद, नवलपरासीका स्थानिय निकायका प्रमुखहरु र प्रोजेक्टमा संलग्न कर्मचारीहरू सहभागी थिए । निर्देशन अनुसार काम भए नभएको अनुगमन गर्न एक महिनामा आज बैठकमा सहभागी सबै पक्ष सडक निर्माण स्थलमा जाने सहमति पनि भएको छ ।
    बर्दघाट–सुनवल बजारमा फागुनभित्रै कालो पत्रे गरिने

    पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले ठेकेदारलाई बर्दघाट–सुनवल बजारमा कहिलेसम्म कालोपत्रे गर्ने हो स्पष्ट रुपमा समयसिमा चाहियो भनेर प्रश्न गर्नुभयो । उत्तरमा ठेकेदार कम्पनीका प्रतिनिधिले फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजारमा कालोपत्रे गरिसक्ने जानकारी दिए ।

    सांसद चौधरीले यो कुरा कार्यान्वयन गर्नका लागि दुम्किबास–बुटवल सडक खण्डका प्रोजेक्ट हेड शशांक मिश्र लाई निर्देशन दिए । चिनियाँ ठेकेदार र सडक विभागकातर्फबाट खटिएका प्रोजेक्ट हेड दुवै जनाले फागुनभित्र काम सक्ने प्रतिवद्धता जनाएका छन् ।

    ‘फागुन अन्तिममा दुवैजनासँग बर्दघाटमा भेट्नेछु । काम पुरा भएन भने तपाईँहरूमाथि कार्वाही गरिनेछ, सांसद चौधरीले दुवैतर्फका जिम्मेवार अधिकारीलाई निर्देशन दिदै भनें, ‘नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन् । अब पनि ढाँटछल गर्ने काम भयो भने मलाई सैह्य हुनेछैन ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend