सिन्ह्वा । टर्कीको इस्तानबुलस्थित एक अदालतमा बन्दुक हमलामा मारिएका दुई आक्रमणकारीहरु प्रतिवन्धित रिभोलुसनरी पिपुल्स लिबरेसन पार्टी–फ्रन्टका सदस्य रहेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
इस्तानबुल काग्लायन कोर्टहाउसको गेट सीको अगाडि चेकपोइन्टमा आक्रमणको प्रयास गरिएको थियो । सो हमलामा दुई आक्रमणकारी मारिएका थिए । आक्रमणमा तीन प्रहरी अधिकारीहरूसहित ६ जना घाइते भएका छन् । एनटिभी प्रशारकले एक घाइते नागरिकको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको बताएको छ ।
न्याय मन्त्री यिलमाज टुंकले इस्तानबुलको मुख्य सरकारी अभियोजकको कार्यालयले आक्रमणको न्यायिक अनुसन्धान शुरु गरेको घोषणा गर्नुभएको छ ।