logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • नेताको आफ्नै स्वार्थले छ वर्षसम्म पनि सोरु गाउँपालिकाको केन्द्र निर्धारण अन्योलमा

    नेताको आफ्नै स्वार्थले छ वर्षसम्म पनि सोरु गाउँपालिकाको केन्द्र निर्धारण अन्योलमा

    2.8K
    Shares
    नेताको आफ्नै स्वार्थले छ वर्षसम्म पनि सोरु गाउँपालिकाको केन्द्र निर्धारण अन्योलमा

    सनत हमाल, मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकामा नेताकै स्वार्थका कारण स्थानीय तह संचालनको छ वर्ष बितिसक्दा सम्म पनि केन्द्र निर्धारण नहुँदा गाउँपालिकाले भौतिक संरचना निर्माण गर्न सकेको छैन ।

    उक्त गाउँपालिकाका ५ वटा वडाका जनप्रतिनिधिले जिमा कुलाहामा पालिका केन्द्र बनाउनुपर्ने माग गर्दै आएका छन् भने छ वटा वडाका जनप्रतिनिधिले सोरुकोटमा केन्द्र हुनुपर्ने अडान राखेका छन् ।

    जसकारण जनप्रतिनिधिहरूकै विवादले केन्द्र निर्धारणमा अन्योल उत्पन्न भएको छ । मुगुका चारवटा स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाले पहिलो कार्यकालमै केन्द्र निर्धारण गरी भौतिक पूर्वाधार निर्माण गरिसकेका छन् भने सोरु गाउँपालिकाको केन्द्र निर्धारण नहुँदा पूर्बाधार निर्माण लागि आएको १ करोड बजेट फ्रिज गइरहेको छ ।

    पालिकाको पहिलो ५ वर्षे कार्यकाल सोरुकोटमा रहेको वन डिपोको भवनमा बित्यो भने गत वर्षदेखि सोरुकोटमै एक गैरसरकारी संस्थाले दुईतले भवन बनाइदिएपछि उक्त भवनमा पालिकाको कार्यालय संचालन हुँदै आएको छ । छ वर्षसम्म पनि पालिका केन्द्र निर्धारण नगरी अन्योलमै दिन गुज्रनुमा यहाँका जनप्रतिनिधि नै गैरजिम्मेवार रहेको गाउँका स्थानीय बताउँछन्।

    मुगु कर्णाली वारि र पारिको विवादले गर्दा पालिकाको केन्द्र निर्धारण गर्न कठिन भइरहेको र पालिका केन्द्र निर्धारणका लागि गाउँसभामा छलफल मात्र हुने र वडा अध्यक्ष र वडा सदस्यहरूको विवादले निर्णयमा समस्या भएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए।

    संघीय सांसद ऐनबहादुर शाही, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री मंगलबहादुर शाही र निवर्तमान प्रदेश कृषिमन्त्री चन्द्रबहादुर शाही सोरु गाउँपालिका निवासी भए पनि आफ्नै पालिकाको केन्द्र निर्धारणमा चासो नदिएको भन्दै उनीहरूमाथि स्थानियले आरोप लगाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend