फागुन २५ काठमाडौं: अष्ट्रेलियामा जारी महिला विश्वकप क्रिकेटको फाइनलमा आयोजक अष्ट्रेलियाले भारतलाई १८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
मेलवर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो।
१८५ रनको लक्ष्य पाएको भारतले ब्याटिंग गरिरहेको छ। इनिंगको सुरुवातमै भारतको पहिलो विकेट गुमेको छ। महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको हो ।
अस्ट्रेलियाले महिला विश्वकप उपाधि चार पटक जितिसकेको छ ।