logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • जग्गा दिएर ओरेन्टलका ठूला बचतकर्ताको हिसाव मिलान गर्न सुधीर बस्नेतको प्रस्ताव

    जग्गा दिएर ओरेन्टलका ठूला बचतकर्ताको हिसाव मिलान गर्न सुधीर बस्नेतको प्रस्ताव

    2.6K
    Shares
    जग्गा दिएर ओरेन्टलका ठूला बचतकर्ताको हिसाव मिलान गर्न सुधीर बस्नेतको प्रस्ताव

    काठमाडौं, २७ माघ । समस्याग्रस्त ओरेन्टल को–अपरेटिभ लिमिटेडका निलम्बित अध्यक्ष सुधीर बस्नेतले जग्गा दिइ ठूला बचतकर्ताको रकम हिसाव मिलानको प्रस्ताव पेस गरेका छन् ।

    जग्गा लिन चाहाने ठूला बचतकर्तालाई निवदेन दिन समस्याग्रस्त सहकारी व्यवस्थापन सिमितिको कार्यालयले भनेको छ । कार्यालयले निवेदन पेश गर्न बचतकर्तालाई १५ दिनको समय दिएको छ ।

    सहकारी समस्याग्रस्त भएपछि सुधीरको सबै जग्गा रोक्का छ । केही ठूला बचतकर्ताले जग्गा लिएर बचत रकम हिसाव मिलान गर्न निवेदन दिएको समितिको कार्यलयले जनाएको छ । लामो समयदेखि बन्द ओरेन्टलका बचतकर्ताले अझैसम्म पैसा फिर्ता पाएका छैनन् । सहकारी विभागले २०७४ कात्तिक २० मा ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेको थियो ।

    विभागको घोषणाविरुद्ध सर्वोच्च अदालतमा ओरेन्टल मुद्दा लिएर गएको थियो । मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७६ फागुन ११ गते सहकारी पूर्ववत सञ्चालन गर्न र समस्याग्रस्त सहकारी समितिले नहेर्ने भनी फैसला गरेको थियो । सर्वोच्चको आदेश बमोजिम सहकारी पूर्ववत सञ्चालन नभएको, साधारणसभा नराखेको, लेखापरीक्षण नगराएको, बचतकर्ताको पैसा फिर्ता नगराएको, सरकारलाई प्रतिवेदन पेस नगरेको भनी सहकारी विभागले पटक–पटक जवाफ माग गरेको थियो ।

    विभागलाई समेत अटेर गरेपछि मन्त्रीस्तरीय निर्णय गरी ओरेन्टललाई दोस्रोपटक २०७९ असोज ७ मा समस्याग्रस्त घोषणा गरिएको थियो । तत्कालीन मन्त्री शशी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरी ओरेन्टललाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरेकी थिइन् । ओरेन्टलसँग ७ हजार ६ सय ४६ जनाले बचत फिर्ता गरी पाउँ भनी समितिमा निवेदन दर्ता गराएका छन् । कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओरेन्टलकै छाताबाट सञ्चालनमा रहेको छानबिनका क्रममा पुष्टि भएको थियो । बस्नेतले अग्नि यातायात पनि सञ्चालन गरेका थिए । त्यो पनि पछि बन्द हुन पुग्यो ।

    दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि पनि बस्नेत समितिका विरुद्ध मुद्दा लिएर सर्वोच्च अदालत गएका थिए । बस्नेतले गत असार १३ गते मुद्दा फिर्ता लिई समितिलाई सहयोग गर्ने भन्दै आएका थिए ।

    कर्मचारी सञ्चय कोषले ललितपुर इमाडोलस्थित कोहिनुर हिल्स हाउजिङ प्रालि लिलामी प्रक्रिया अघि बढाएको छ । बारम्बार ताकेता गर्दा पनि ऋण नतिरेपछि अन्ततः सञ्चय कोषले कोहिनुरको जग्गा र निर्माणाधीन भवनहरू बेचेर ऋण असुली गर्न लागेको हो ।

    कोषले इमाडोलमा कोषको नाममा दृष्टिबन्धक रहेको १० रोपनी ९ आना २ दाम र त्यसमा निर्माणाधीन आवासीय भवन लिलामी अघि बढाएको हो ।

    कोषका अनुसार कोहिनुरको साँवा र ब्याजसमेत गरी कूल ऋण १ अर्ब रुपैयाँ पुगेको छ । कोहिनुरले २३ करोड ७० लाख रुपैयाँमात्र ऋण लिएको हो । उसको साँवा र ब्याजसमेत गरी १ अर्ब रुपैयाँ पुगेको हो ।

    यसबाहेक नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको छुट्टै ऋण लगानी छ । केही टावर नबिल र केही टावर तथा जग्गा राष्ट्रिय वाणिज्य बैंकको नाममा छ । ऋण सेटलमेन्ट गर्न दुई बैंक र कोष सँगसँगै आउनुपर्ने अवस्था छ ।

    बस्नेतले हाउजिङ परियोजना सम्पन्न गर्न सञ्चय कोषबाट १ अर्ब १५ करोड रुपैयाँ थप ऋण स्वीकृत गरेका थिए । त्यही बीचमा अन्य बैंकले ऋण नतिरेको भन्दै उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो । त्यसपछि बस्नेतले कोषबाट बाँकी ऋण पाएनन् ।

    कोषबाट प्रस्ताव गरेको ऋण नपाएपछि सबै हाउजिङ परियोजना सम्पन्न गर्ने उनको योजना पूरा भएन । बैंकहरूको कालोसूचीमा परेपछि सञ्चय कोषले ऋण नदिँदा बस्नेत वित्तीय संकटमा परेका थिए । त्यसपछि बस्नेतले अघि बढाएका सबै बिजनेस चौपट हुन पुग्यो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend