काठमाडौँ । भोली फागुन १ गते सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जानकारी गराएको छ ।
यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ गतेको सार्वजनिक बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराउनुभयो ।
“सम्मानीत सर्वोच्च अदालतको फैसलाको आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०÷१०÷२५ को बैठकको निर्णय अनुसार नेपाल राजपत्र खण्ड ७२, सङ्ख्या ६५, भाग ५, मिति २०७९÷१२÷२ मा प्रकासित सन्वत २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ ।” मन्त्रालयद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।