logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भरतपुरमा १ अर्बमा बन्ने भयो गौतम बुद्ध क्रिकेट रङशाला, इआइएको काम सुरु

    भरतपुरमा १ अर्बमा बन्ने भयो गौतम बुद्ध क्रिकेट रङशाला, इआइएको काम सुरु

    2.7K
    Shares
    भरतपुरमा १ अर्बमा बन्ने भयो गौतम बुद्ध क्रिकेट रङशाला, इआइएको काम सुरु

    काठमाडौं, १ फागुन ।  भरतपुर महानगरपालिकाले प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गाशाला निर्माण गर्ने भएको छ। पहिलो चरणमा बागमती प्रदेश र स्थानीय तहको गरी कुल १ अर्ब रुपैयाँ लगानी हुने छ।

    क्रिकेट रङ्गशाला बनाउन बागमती प्रदेश सरकारले स्रोत सुनिश्चित गरेको छ। महानगरपालिकाले रङ्गशालाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सुरु गरेको छ। यसका लागि क्षेत्र निर्धारणको काम सुरु भएको छ। परामर्शदातामा सोलुसन रिसर्च पोइन्ट प्रालि रहेको छ। क्रिकेट रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माण हुने भएको छ।

    जग्गाको क्षेत्रफल २० कठ्ठा रहेको छ। उक्त जग्गामा महानगरको भोगअधिकार स्वामित्व रहने छ। प्रस्तावित रङ्गशालामा ३० हजार दर्शक अटाउन सक्ने ५ वटा पिच भएका भवन संरचनासहित ३.५९ हेक्टर पार्किङ क्षेत्रसहितको रङ्गशाला बन्न लागेको हो।

    धुर्मुस–सुन्तली फाउन्डेसनले लगानी जुटाउन नसकेर अलपत्र बनेको क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको हो। धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र परेको रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने भएको छ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जसरी भए पनि रङ्गाशाला बनाउने बताएकी छिन्। उनले केही समयअघि एक कार्यक्रममा भनेकी थिइन्- ‘हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ।’

    रङ्गशाला निर्माण पूरा गर्न ठूलो रकम ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले पहल गरेपछि गत आर्थिक वर्षको अन्त्यमा सरकारबाट १२ करोड रुपैयाँ बजेट आएको थियो। तर, बजेट आएको एक हप्ता नहुँदै फिर्ता पठाइएको थियो।

    रङ्गशाला बनाउन भरतपुर महानगरपाललिकालाई तत्कालै अर्बौं रुपैयाँ बजेट जुटाउन समस्या हुने भएकाले चरणबद्धरुपमा काम अघि बढाउँदै लैजाने भएको छ। पहिलो चरणमा महानगरले १ अर्ब रुपैयाँ लगानी गर्ने छ। बनेका संरचना संरक्षण गर्दै लगानी थप्दै लैजाने भएको हो । बागमती प्रदेश सरकारसँगको साझेदारीमा लगानी थप संरचना बनाउने तयारी महानगरको छ।

    बागमती प्रदेश सरकारबाट बजेट सुनिश्चित

    निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ।

    प्रदेश सरकारको माघ २२ गते मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो।

    प्रदेश सरकारले रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ। यसअघि कात्तिक २१ मा प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि कूल ७५ करोड रुपैयाँको लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने सम्झौता भएको थियो।

    महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको छ। बैठकले भरतपुर महानगरपालिकालाई रंगशालाको निर्माण कार्यका लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेको छ।

    मुख्यमन्त्री जम्कट्टेलका अनुसार अहिले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका योजनाको भुक्तानी दिने निर्णय भएको हो।

    पछिल्लो समयमा नेपालले क्रिकेट खेलमा सफलता हासिल गरिरहेकाले आम जनताको चासो यसमा रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend