logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • व्यवसायी दुर्गा प्रसाईद्धारा भृकुटीमण्डपमा शक्ति प्रदर्शन

    व्यवसायी दुर्गा प्रसाईद्धारा भृकुटीमण्डपमा शक्ति प्रदर्शन

    1.3K
    Shares
    व्यवसायी दुर्गा प्रसाईद्धारा भृकुटीमण्डपमा शक्ति प्रदर्शन

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले आज मंगलबार नयाँ चरणको आन्दोलन सुरु गरेको भन्दै शक्ति प्रदर्शन गरेका छन् ।
    राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरु अघि सार्दै उनले आन्दोलन सुरु गरेको घोषणा गरेका छन् ।

    यसैगरी प्रसाईले आज ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रसाईले बताए ।
    प्रसाईको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ ।

    यति मात्र होइन प्रसाईसँग वार्ता गर्न टोलीसमेत निर्माण गरिएको जनाइएको छ । प्रसाईले राजसंस्था, गणतन्त्र खारेजी, हिन्दू धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend