logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पुटिनको रोजाइमा ट्रम्पभन्दा बाइडेन अघि

    पुटिनको रोजाइमा ट्रम्पभन्दा बाइडेन अघि

    595
    Shares
    पुटिनको रोजाइमा ट्रम्पभन्दा बाइडेन अघि

    मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार एक अन्तर्वार्तामा आफू डोनाल्ड ट्रम्पभन्दा जो बाइडेनलाई प्राथमिकता दिने बताएका छन् । पुटिनले आफू कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न इच्छुक रहेको पनि बताए ।

    समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार ‘पुटिनलाई रुसका लागि डेमोक्रेट बाइडेन कि रिपब्लिकन ट्रम्प राम्रो रु’ भनेर सोधिएको थियो । पुटिनले जवाफ दिए, ‘बाइडेन। उनी धेरै अनुभवी छन्, यो थाहा हुन्छ उनले के गर्छन्। बाइडेन अनुभवी नेता हुन्।’

    अमेरिकामा यसै वर्ष निर्वाचन हुँदैछ । यसपटक अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन र ट्रम्प आमनेसामने हुन सक्ने अनुमान गरिएको छ ।

    पुटिनले अमेरिकी चुनावको सन्दर्भमा पनि धारणा राखेका थिए।  पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न तयार रहेको बताए । पुटिनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा टिप्पणी गरेको यो पहिलो पटक हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend