logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पेट्रोल र डिजेलको मूल्य बढ्यो

    पेट्रोल र डिजेलको मूल्य बढ्यो

    1.6K
    Shares

    काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो।

    पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।

    निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः १६९.५०, १७१ र १७२ रुपैयाँ तथा डिजेल/मटितेल क्रमशः १५७.५०, १५९ र १६० रुपैयाँ तोकेको छ।

    इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १.८३ र डिजेलमा १.५६ रुपैयाँ बढेर आएको निगमले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend