logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • को हुन यूएईमा कोरोना संक्रमित दुई नेपाली

    को हुन यूएईमा कोरोना संक्रमित दुई नेपाली

    1.5K
    Shares

    संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई नेपालीमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि त्यहाँ स्थित नेपाली राजदूतवासले उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ।यूएईको स्वास्थ्य मन्त्रालयले थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गर्दै तीमध्ये दुई जना नेपाली भएको सोमवार साँझ जनाएको थियो।

    उक्त सूचना आएपछि सङ्क्रमित नेपाली नागरिकबारे चासो राखेर उनीहरूको पहिचान गर्ने र सम्पर्कमा पुग्ने प्रयास गरिएको राजदूत कृष्णप्रसाद ढकालले बताए।मङ्गलवार बिहान “दुईजना नेपाली सङ्क्रमित भएको भन्ने सूचना जारी भयो। हिजो होली भएकाले हाम्रो दूतावास पनि बन्द थियो। सूचना जारी हुँदा यहाँका कार्यालयहरू पनि बन्द भइसकेका थिए।”

    “तर त्यसपछि हामीले चासो राखेर ती नेपाली को हुन् भन्ने जानकारी लिन खोजिरहेका छौँ। आज कार्यालय सुरु भएपछि त्यसबारे जानकारी हुनेछ। हामी थप जानकारी लिने र केही सहयोग गर्न सकिने भए सहयोग गर्ने भन्ने तयारीमा छौँ,” ढकालले भने।

    राजदूत ढकालले यूएईमा कोरोनाभाइरस सङ्क्रमण फैलिन थालेपछि नेपालीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।कामदारका रूपमा यूएईसहित विभिन्न अरब देशमा गएका नेपाली कामदारहरू ठूलो सङ्ख्यामा एउटै कोठामा बस्ने गरेका छन्।त्यसैले उनीहरूमा सङ्क्रमण फैलिन सक्ने जोखिममा भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

    सबैले बुझून् भनेर नेपाली भाषामा नेपालीहरू सम्बद्ध सङ्घसंस्थामार्फत् चेतनामूलक जानकारी दिइएको राजदूत ढकालले बताए।नेपाली दूतावासले कोरोनाभाइरसको लक्षण देखिएमा तत्कालै यूएईस्थित त्यहाँको स्वास्थ्य मन्त्रालयका विभिन्न निकाय वा नेपाली दूतावासमा सम्पर्क गर्न सूचना जारी गरेको छ।राजदूत ढकालका अनुसार हाल यूएईमा दुई लाख ७५ हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend