फागुन २७ काठमाडौं:
एजेन्सी: कोरोना भाइरसको संक्रमणबाट उत्तर कोरियामा करीब २ सय सैनिकको मृत्यु भएको त्यहाँको मिडिया डेली एनकेले जनाएको छ।
‘सेनाका विभिन्न शाखाका २०० भन्दा बढी उत्तर कोरियाली सिपाहीहरू मरेका छन् जुन कोरोनाभाइरस को कारणले हुन सक्छ’, उसले लेखेको छ।
मार्च ६ मा सेनाको मेडिकल रिपोर्टमा उल्लेख गरिए अनुसार कोरोनाको कारण १ सय ८० सेना जनवरीमा मृत्यु भएको र फेब्रुअरीमा झण्डै ३ हजार ७ सय सेना अहिले क्वारेन्टाइनमा बसिरहेका छन्।
रिपोर्टका अनुसार कोरोनाका कारण मर्ने ती सैनिकहरु अधिकांश सैनिकहरु सिनो- उत्तरकोरियास्थित प्योङयाङको सीमा क्षेत्र, चागाङ, र्याङगाङ र उत्तर हामग्योङ प्रान्तमा कार्यरत थिए।