logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • जापानद्वारा एच–थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण

    जापानद्वारा एच–थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण

    476
    Shares
    जापानद्वारा एच–थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण

    टोकियो एएफपी । जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ ।
    वर्षौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ ।
    नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रुपमा प्रस्तुत गरिएको छ र यसले एक दिन चन्द्रमाको सतहमा सामान पुयाएउने काम गर्नसक्छ ।

    जाक्साका अध्यक्ष हिरोशी यामाकावाले भने, “म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु, तर मैले पहिले कहिल्यै पनि यति धेरै खुसी महसुस गरेको थिइन र मैले कहिल्यै पनि यति राहत महसुस गरेको थिइन । जापानले गत महिना चन्द्रमामा मानवरहित यानको सफल अवतरण गरेपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौं देश बनेको छ ।

    दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे प्रक्षेपण गरिएको एच–थ्री प्रक्षेपण गरिएको थियो । एजेन्सीको लाइभ स्ट्रिममा एच–थ्रीको इन्जिनले अपेक्षाकृतरूपमा काम गरेको र रकेटले यसलाई अन्तरक्षिको कक्षमा प्रवेश गराएको घोषणा गरेपछि जाक्सा कन्ट्रोल सेन्टरबाट ताली र आवाजद्वारा खुशी व्यक्त गरिएको चर्को आवाज सुनिएको थियो । जाक्सा र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा संयुक्त रूपमा विकास गरिएको एच–थ्री सन् २००१ मा सुरु भएको एच–आईआईए प्रक्षेपण प्रणालीको उत्तराधिकारी हो ।

    ‘उच्च लचीलोपन, उच्च विश्वसनीयता र उच्च लागत प्रदर्शन’ को लागि डिजाइन गरिएको शिल्पले ‘अन्तरिक्षमा जापानको स्वायत्त पहुँच कायम राख्नेछ’,” जाक्साले भनेको छ । वैज्ञानिकहरूले एच–थ्रीमा प्रयोग भएकोे विश्वकै पहिलो प्रविधिको परीक्षण महत्वपूर्ण रहेको बताएका छन् । युनिभर्सिटी अफ मेलबोर्नको मेलबर्न स्पेस ल्याबोरेटरीका निर्देशक मिचेल ट्रेन्टीले भने, “एच–थ्री रकेटमा पहिलो चरणको अद्वितीय इन्जिन छ यसले अत्याधुनिक रकेटको तुलनामा बढी सन्तुष्टि प्रदान गर्छ ।“एच–थ्रीमा ‘सबैभन्दा लागत प्रभावी रकेट हुने क्षमता छ जसले सौर्य प्रणालीको अन्वेषणलाई अझ किफायती बनाउनेछ,” उनले भने।

    सन् २०२३ को फेब्रुअरीमा इन्धन प्रज्ज्वलनको समस्याले रकेटलाई जमिनमा गतिहीन बनाएपछि प्रक्षेपण रद्द गरिएको थियो ।
    गत वर्षको मार्चमा दोस्रो पटक गरिएको प्रयासमा प्राविधिक समस्याका कारण प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको थियो ।सवैभन्दा पछिल्लो यो प्रक्षेपण पनि खराब मौसमका कारण चार दिन पछि सारिएको थियो तर शनिबार सफलतापूर्वक प्रक्षेपण गरिएको रकेटले दुईवटा साना स्याटेलाइट बोकेको छ ।

    एउटा माइक्रोस्याटेलाइटले फोटो र भिडियो खिचेर विपद् रोकथाममा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
    सेन्सरको साथ सुसज्जित अर्को स्याटेलाइट इन्फ्रारेड किरणहरू पत्ता लगाउन जमीनमा कारखानाहरूको संचालन अवस्थाहरू पछ्याउने उद्देश्यले तयार पारिएको हो । जाक्साको लाइभ स्ट्रिमका अनुसार माइक्रोसेटेलाइट्सलाई छ्ट्टयाउने काम पनि भएको पुष्टि भएको थियो ।
    जाक्साका एक अधिकारीले भने, “रकेटलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्याएपछी हामी नतिजाको विश्लेषण जारी राख्नेछौं ।

    फ्लिन्डर्स युनिभर्सिटीकी अन्तरिक्ष अन्वेषण विज्ञ एलिस गोर्मनका अनुसार एच–थ्री पृथ्वीको कक्षमा भू–उपग्रह प्रक्षेपण गर्न, अन्तरिक्ष स्टेशनका लागि आपूर्ति यानको रूपमा काम गर्न र चन्द्रमामा जान सक्षमहुनेजस्ता बहुकार्य गर्नसक्ने रकेट हुनेछ । जापानले गत महिना चन्द्रमाको सतहमा ‘मून स्नीपर’ उपनाम दिइएको स्लिम अन्तरिक्षयान अवतरण गर्न सफल भएको थियो । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend