logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • दुर्गा प्रसाईंको अराजक गतिविधिविरुद्ध बोल्यो राष्ट्र बैंक, भन्यो : बैंकिङ क्षेत्र सबल र सक्षम

    दुर्गा प्रसाईंको अराजक गतिविधिविरुद्ध बोल्यो राष्ट्र बैंक, भन्यो : बैंकिङ क्षेत्र सबल र सक्षम

    3K
    Shares
    दुर्गा प्रसाईंको अराजक गतिविधिविरुद्ध बोल्यो राष्ट्र बैंक, भन्यो : बैंकिङ क्षेत्र सबल र सक्षम

    काठमाडौं। विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक डुब्ने हल्ला चलाएपछि बल्ल नियामक नेपाल राष्ट्र बैंक बोलेको छ। विवादस्पद व्यवसायी प्रसाईंले एनआईसी एसिया बैंक डुब्छ भनेर हल्ला चलाएपछि केन्द्रीय बैंकले मंगलबार आफ्नो धारणा सार्वजनिक गरेको छ।

    प्रसाईंले बि एन्ड सी मेडिकल कलेज चलाउन बैंकहरुबाट ६ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएका छन्। सो ऋण तिर्नुका साटो उनले बैंक डुब्छ भन्दै पछिल्लो समय बैंकिङ क्षेत्रलाई आतंकित बनाएका छन्। दुर्गा प्रसाईंको अराजक गतिविधि विरुद्ध राष्ट्र बैंकले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दे समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको स्पष्टपारेको छ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराएको छ। इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोष, कर्जा निक्षेप अनुपात र तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप नै रहेको राष्ट्र बैंकले जनाएको छ।

    बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

    केन्द्रीय बैंकले विज्ञप्ति जारी गरी इजाजतपत्र प्राप्त गरी बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ।

    ‘बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड हो। नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न केन्द्रीय बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ’ विज्ञप्तिमा भनिएको छ।

    इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस दिएका निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको जानकारी राष्ट्र बैंकले दिएको छ।

    कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

    ‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ’ केन्द्रीय बैंकले भनेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend