फागुन २८ काठमाडौं: पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल, सुशासन अभियान’ सुरु गर्ने भएका छन्। खरेलले फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुराको जानकारी दिएका छन्।
त्रिपुरेश्वरस्थित बैठक इभेन्ट भेन्युमा बिहिबार दिउँसो १ बजे अभियानको औपचारिक घोषणा गर्ने उनले जनाएका छन्।
यसअघि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने भनिए पनि उक्त अभियानबाट खरेल अलग्गिएका थिए।