
सुनौलो नेपाल – कोरोना भाइरस संक्रमण फैलन नदिन कुवेतले सबै देशसँगको हवाई उडान रोक्ने निर्णय गरेको छ।
कुवेतले भोलिदेखि लागू हुने गरी सबै देशसँगको अन्तर्राष्ट्रिय आवतजावत बन्द गर्ने निर्णय गरेको हो। कुवेतका नागरिक रहेका केही खाडी मुलुकसँगको उडान र अत्यावश्यक कार्गो उडान मात्रै सूचारु रहने त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।
कुवेतले त्यहाँ आजैदेखि १५ दिनका लागि सार्वजनिक विदाको घोषणासमेत गरेको छ। उसले होटेल रेस्टुरेन्टहरुमा जमघट नगर्न तथा बन्द गर्न आग्रह गरेको छ। कुवेतले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि रोजगारीका लागि त्यहाँ जाने तयारीमा रहेका नेपाली श्रमिक पनि रोकिने भएका छन्। कुवेतले अर्को सूचना नभएसम्मका लागि सबै आवतजावत बन्द गरेको छ।
कुवेतमा कोरोना संक्रमणबाट अहिलेसम्म जम्मा ७२ जना संक्रमित भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend