मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कोरोनाभाइरसको कारक अमेरिका हो: चीन

कोरोनाभाइरसको कारक अमेरिका हो: चीन

फागुन ३० काठमाडौं: कोरोनाभाइरसको संक्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।

विश्वभर कोरोनाभाइरसले महामारीको रुप लिंदै गर्दा चीन र अमेरिका भने एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा कोरोना भाइरस (कोभिड-१९) को कारक अमेरिकी सेना भएको बताएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘कोरोनाभाइरसमा अमेरिका किन पारदर्शी छैन ? यो भाइरस अमेरिकी सेनामार्फत हाम्रो वुहान शहरमा आइपुगेको हुन सक्छ नि ।’

उता अमेरिकाले चीनविरुद्ध आरोप लगाउँदै कोरोनाभाइरसमाथि एक्सन लिन चीनले निकै ढिलाइ गरेको र चीनको ढिलाइका कारण कोरोनाभाइरस अन्य देशमा फैलिएको आरोप लगाएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend