logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कडा मौसमले मंगोलियामा २१ लाख पशु मरे

    कडा मौसमले मंगोलियामा २१ लाख पशु मरे

    4.1K
    Shares
    कडा मौसमले मंगोलियामा २१ लाख पशु मरे

    सिन्ह्वा उलान बाटोर । जुड’ नामक अत्यधिक चिसोले मंगोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी) ले मंगलवार बताएको छ ।

    “आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्”, एजेन्सीले भनेको छ । उक्त आँकडा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो ।

    जुड अत्यधिक चिसो अर्थ दिने मंगोलियाली शब्द हो । अत्यधिक चिसोले जमिन जमेको वा हिउँले ढाकिएका कारण ठूलो सङ्ख्यामा पशु मर्ने गर्छन् ।

    मुलुकको मौसम अनुगमन एजेन्सीका अनुसार मंगोलियामा यो वर्षको जाडोमा सामान्यभन्दा धेरै हिमपात भएको छ । मुलुकको ८० प्रतिशतभन्दा धेरै भूभाग अहिलेसम्म एक सय सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकेको छ ।

    विश्वको अन्तिम जीवित फिरन्तेहरूको मुलुकमध्ये एकका रूपमा मंगोलियाले हालै कडा चिसो र पशुधनको क्षतिका कारण आफ्नो प्रकोप तयारीलाई उच्च सतर्कतामा राखेको छ ।

    भूपरिवेष्ठित मंगोलियाको खानीमा निर्भर अर्थतन्त्रमा विविधता ल्याउन पशुपालनलाई प्रवर्द्धन दिनु सबैभन्दा व्यावहारिक तरिका मानिन्छ । राष्ट्रिय तथ्याकं कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मंगोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख थियो । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend