शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

७० करोड कमिसन प्रकरणमा गोकुल बास्कोटामाथि छानविन गर्न अख्तियारलाई निर्देशन

७० करोड कमिसन प्रकरणमा गोकुल बास्कोटामाथि छानविन गर्न अख्तियारलाई निर्देशन

फागुन ३० काठमाडौं: सार्वजनिक लेखा समितिले पूर्वमन्त्री गोकुल बास्कोटा अडियो प्रकरणको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। बास्कोटाले मन्त्री पदमा रहँदा सेक्युरिटी प्रिन्टर खरिदका विषयमा कमिसनको मोलतोल गरेको अडियोबारे पनि सत्य तथ्य छानबिन गर्न समितिले अख्तियारलाई निर्देशन दिएको हो।

बास्कोटाले स्वीस कम्पनीका एजेन्टसँग ७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो। अडियो बाहिरीएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ फागुनमा राजीनामा दिएका थिए । समितिले भने जीटुजी प्रक्रियाबाट प्रेस खरिद प्रक्रिया रोक्न भनेको थियो ।

साथै समितिले जिटुजी मोडेलबाट फ्रान्ससँग सेक्युरिटी प्रिन्टर खरिद गर्ने प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ। सरकारलाई सेक्युरिटी प्रिन्टर आवश्यक खुला प्रतिस्पर्धाको प्रक्रिया अपनाउन समितिले निर्देशन दिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend