
फागुन ३० काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षि नरेन्द्र मोदीले कोरोनाभाइरसविरुद्ध सार्क राष्ट्रले साझा रणनीति बनाउने भनि गरेको प्रस्तावको स्वागत गरेका छन्। मृगौला प्रत्यारोपणपछि अस्पतालमा रहेका ओलीले ट्वीटमार्फत् मोदीको प्रस्तावको स्वागत गरेका हुन्।
ट्वीट गर्दै ओलीले भनेका छन्, “प्रधानमन्त्री मोदीजीको कोरोना भाइरसको संक्रमण विरुद्ध लड्ने रणनीतिको स्वागत गर्दछु । कोरोना भाइरससँग लड्न सार्क राष्ट्रको नेतृत्वले कडा रणनीति बनाउनु आवश्यक छ। जसका लागि नेपाल सरकार तयार छ। ”
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.
— KP Sharma Oli (@PM_Nepal) March 13, 2020
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरेका थिए ।
I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.
We could discuss, via video conferencing, ways to keep our citizens healthy.
Together, we can set an example to the world, and contribute to a healthier planet.
— Narendra Modi (@narendramodi) March 13, 2020
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend