
चैत १ काठमाडौं: भक्तपुरमा टिपरले ठक्कर दिंदा एकजना बालकको मृत्यु भएको छ।
चागुँनारायण नगरपालिका वडा नं ९ स्थित जय ब्रम्हायणी ईट्टाभट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले शनिबार बिहान सोही इटाभटामा काम गर्ने एक मजदुरको १८ महिने बालक शिशिर मोक्तानलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो।
ठक्करबाट घाइते भएका बालकलाई उपचारकालागि मध्यपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरीले जनाएको छ।
प्रहरीले टिपरका चालक ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend