ब्रसिलिया । ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली दुतावास र रक सिद्धि प्रालिले आयोजना गरेको ’एक्स्पो नेपाल २०२४’ को भब्य उद्घाटन भएको छ ।
ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो , ब्राजिलका कानुन उपमन्त्री, ब्राजिलको संघीय अदालतका न्यायाधीस, ब्राजिलियन ट्राभल एजेन्सी संघ (अबाब) का अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसंघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री लेलियोले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदाको प्रशंसा गरेको गर्दै दुतावासले आयोजना गरेको यो कार्यक्रमले दुई देश बिचको सम्बन्धमा नयाँ आयाम ल्याउने बताए । नेपाली दुतावासको निमन्त्रणामा बिभिन्न २० वटा भन्दा बढी देशका राजदुतहरुको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथी लगायत सबै अतिथिहरुलाई स्वागत गर्दै ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल र ब्राजिलको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध बारेमा बताएका थिए। उनले एक्स्पो नेपाल २०२४ ले ब्राजिलियनहरुलाई नेपालसंग जोड्न सहज हुने बताए ।
ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का महासचिव बिनोद सापकोटाले ब्राजिलमा रहेको दुतावासको सक्रियतामा आयोजना भएको एस्पोले ब्राजिलियनहरुलाई नेपाल घुम्नै पर्ने देश हो भनेर प्रचार गर्ने र दुरीको हिसावले यहाँबाट नेपाल टाढा भएपनि ब्राजिल जस्तो ठुलो अर्थतन्त्र भएको देशलाई नेपालमा जोड्न दुतावाले गरेको प्रयास सकारात्मक रहेको बताए ।
यसैगरी नेपाल उद्योग परिसंघका महाप्रबन्धक दिपकराज जोशीले ब्राजिलियनहरुलाई भौगोलिक र प्राकृतिक हिवासले समेत मिल्दोजुल्दो नेपालमा निर्घक्क भएर घुम्न र लगानी गर्न आग्रह गरे। नेपालका बिबिध क्षेत्रका बारेमा जानकारी दिने उदेश्यले आयोजना गरीएको ’ एक्सो नेपाल २०२४’ मा नेपाली व्यवसायीहरुले २२ वटा स्टल रहेका छन् ।
स्टलमा नेपाल घुम्न चाहनेका लागी बिभिन्न आकर्षक प्याकेजहरु , नेपाली खानाका परिकार , नेपाली गलैचा, नेपाली कला सस्कृति झल्काउने काठका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।