सिन्ह्वा। इरानको १२ औं संसद र विज्ञहरुको छैटौं सम्मेलनको मतदान सकिएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजे देशभरका ५९ हजार मतदान केन्द्रमा मतदान शुरु भएको थियो । जसमा इरानी संसदका २९० सिटका लागि १५ हजारभन्दा बढी उम्मेदवारले प्रतिष्पर्धा गरेका थिए ।
त्यस्तै विज्ञहरूको आठ वर्षे कार्यकालको सभामा पदका लागि १४४ जना उम्मेदवारले प्रतिष्पर्धा गरेका थिए । एक ८८ सदस्यीयविज्ञहरुको निकायले इरानको सर्वोच्च नेताको गतिविधिहरूको निरीक्षण गर्दछ र सर्वोच्च नेतालाई नियुक्त र बर्खास्त गर्ने अधिकार राख्छ ।
आन्तरिक मन्त्रालयसँग संवद्ध इरानी निर्वाचन कार्यालयकाअनुसार यी दुई निर्वाचनमा ३०.९४ मिलियन पुरुष र ३०.२२ मिलियन महिला गरी जम्मा ६१.१७ मिलियन व्यक्तिले मतदान गर्न योग्य थिए ।
मतदान सुरु भएलगत्तै इरानका सर्वोच्च नेता अली खामेनीले इरानको राजधानी तेहरानमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए । मतदान प्रक्रियाका क्रममा इरानका प्रहरी प्रमुख अहमद रेजा रादानले देशभरका कुनै पनि मतदान केन्द्रमा सुरक्षा समस्या नआएको र पूर्ण सुरक्षा सुनिश्चित गरिएको इरानाले जनाएको छ ।
इरानको संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले मतदान प्रक्रिया सकिएपछि मतदानको घोषणा गरिने बताए। उनले संवैधानिक परिषद्ले मतदान केन्द्रको अनुगमनको जिम्मा २ लाख ३० हजारलाई दिएको बताए।