चैत २ काठमाडौं: कोरोनाभाइरसका कारण प्रयटन व्यवसाय ओरालो लागेको भन्दै समस्या समाधान गरिदिन भन्दै पर्यटकीय क्षेत्र पोखराका पर्यटन व्यवसायीको टोलीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
गण्डकी प्रदेशका सांसद राजीव पहारीको नेतृत्वको टोलीले सिंहदरवारमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसमक्ष ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्रमा कोरोनाभाइरसका कारण पर्यटन क्षेत्रमा ठुलो असर परेकोले समस्या समाधानका लागि संघिय सरकारले पहल गरिदिन माग गरिएको छ। बैंकबाट अरबौं रकम ऋण लिई लगानी गरेको मुलुकको आर्थिक विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा कोरोनाभाइरसको महामारीले तहसनहस बनाएकोले संघिय सरकारले विशेष प्याकेजको घोषणा राहतको व्यवस्था गरिदिन टोलीले सरकारको ध्यानाकर्षण गराएको छ।
कोरोनाभाइरसले व्यवसाय तहसनहस बनाउँदा प्रयटन व्यवसायीमा परेको चोटको संघिय सरकारले गम्भीर रुपमा मनन गरि समस्या समाधानमा पहल गर्नुपर्ने सांसद पहारीले बताए।