logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीको सार्क राष्ट्र प्रमुखका अगाडी सम्बोधन,कोरोना बिरुद्ध नेपाल ठूलो तयारीका साथ पूर्ण सावधान अवस्थामा छ

    प्रधानमन्त्री ओलीको सार्क राष्ट्र प्रमुखका अगाडी सम्बोधन,कोरोना बिरुद्ध नेपाल ठूलो तयारीका साथ पूर्ण सावधान अवस्थामा छ

    2.4K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड १९) को कुनै संक्रमण नरहेको बताउनु भएको छ ।

    कोरोनाभाइरस विरुद्ध साझा रणनीति बनाउन बसेको सार्कको भिडियो कन्फ़ेन्सलाई सम्बोधन गर्दै उँहाले भन्नुभयो कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको भन्दै रोग भित्रन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ रहेको जानकारी दिनुभयो।

    सार्क राष्ट्र प्रमुखका अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको छ ।

    हेर्नुहोस प्रधानमन्त्री ओलीको सम्बोधन भिडियोमा

    सोहि भिडियो कन्फेंसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ नियन्त्रणका लागी सार्क आपतकालीन कोष स्थापना गर्ने कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा गर्नुभयो ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुन सुकै देशले प्रयोग गर्न सक्नेछ भारतले विशेषज्ञ र डाक्टर संलग्न र्‍यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको भन्दै उनले कुनै देशलाई आवश्यक भए सहयोग गर्ने भन्दै महामारीजन्य रोगमा अनुसन्धान गर्न साझा मञ्च बनाउनुपर्ने भन्दै मोदीले भारतको मेडिकल रिसर्च काउन्सिलले पनि समन्गवय गर्ने बताउनु भयो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend