एजेन्सी । ९२ वर्षका वृद्धले विवाह गर्छन ? झटट् सुन्दा पत्याउन गाह्रो पर्छ । तर, यो कुरा सत्य हो । अमेरिकाका ‘मिडिया टाइकुन’ ले ९२ वर्षको उमेरमा पाँचौंपटक विवाह गर्दैछन् ।
ती हुन् डलर अर्बपति मिडिया टाइकुन रुपर्ट मर्डोक । रुपर्ट मर्डोकले आफ्नी प्रेमिका एलेना झुकोभासँग ९२ वर्षको उमेरमा यस वर्षको अन्त्यमा पाँचौं विवाह गर्न लागेका हुन् । फोब्र्सका अनुसार उनको कूल सम्पत्ति १९ अर्ब डलर छ । उनी विश्वका ९९ औं धनी व्यवसायी हुन् ।
यसअघि मर्डोकले चार पटक विवाह गरेका छन् । अहिले पाँचौं पटक विवाह गर्न उनले एलेनासँग इन्गेजमेन्ट गरेका छन्। प्रस्ताव गरेको दुई हप्ता पछि गत वर्ष उनले आफ्नो अघिल्लो मंगेतर एन लेस्ले स्मिथसँग सम्बन्ध तोडेका थिए ।
उनले आफ्नी साथी ६७ वर्षीया पूर्वप्रहरी पादरी एन लेस्ले स्मिथसँग गत वर्ष नै विवाह गर्न लागेका थिए । उनीहरूले इन्गेजमेन्ट भएको घोषणा गरेका थिए । तर, उनीहरुको बीचको सम्बन्ध लामो समय जान सकेन र विवाह नहुँदै टुंगियो ।
उनले गत ग्रीष्ममा रसियाकी झुकोभालाई आफ्नी तेस्रो पत्नी वेन्डी डेङमार्फत भेटे । त्यसपछि तुरुन्तै उनीसँग विवाह गर्ने निर्णय गरेको रुपर्टका प्रवक्ताले न्यु योर्क टाइम्सलाई बताएका छन् । मर्डोकको क्यालिफोर्निया अंगुरबार र एस्टेटमा एक समारोहको लागि विवाह निमन्त्रणाहरू पठाइसकिएको छ ।
यो समारोह मर्डोकको पाँचौं हुनेछ । उथलपुथलपूर्ण सम्बन्धहरूको श्रृखलापछि उनका प्रतिद्वन्द्वी ‘ट्याब्लोइड’ अखबारहरूको उनको पाँचौ विवाहका बारेमा प्राथमिकताकासाथ समाचार प्रकाशन गरेका छन् ।
द सन, द टाइम्स र द सन्डे टाइम्सका मालिक रुपर्टले प्याट्रिसिया बुकरसँग १९५६ मा पहिलो विवाह गरेका थिए । ११ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो । उनीहरुले एउटी छोरी बाँडेका छन् ।
तीन वर्षपछि, उनले मोडल जेरी हलसँग विवाह गरे । उनीहरुले पनि सन् २०२२ मा सम्बन्धविच्छेद गरेका थिए । जुन निर्णय उनले उनलाई इमेलमार्फत रुपर्टले सूचित गरेका थिए ।
‘जेरी, दुःखको कुरा मैले हाम्रो विवाह अन्त्यको निर्णय गरेको छु’ उनले भनेका थिए । ‘हामीले पक्कै पनि राम्रो समय बिताएका छौं । तर, मसँग धेरै कुराहरू छन् । मेरो न्यूयोर्कका वकिलले तपाइँलाई तुरुन्तै सम्पर्क गर्नुहुनेछ ।’
अगस्ट २०२३ मा मर्डोकलाई क्यालिफोर्निया विश्वविद्यालय लस एन्जलसमा आणविक अनुसन्धानकर्ता झुकोभासँग परिचय गराइएको थियो।
उनी मूल रूपमा मस्कोकी हुन् । उनले पहिले रुसी जन्मेका बेलायती अर्बपति ऊर्जा लगानीकर्ता अलेक्ज्याण्डरसँग विवाह गरेका थिइन् ।
उनीहरुका तीन सन्तान छन् । मर्डोकको पछिल्लो संलग्नता उनको मिडिया साम्राज्य, न्यूज कर्प जसले विश्वभरि सयौं स्थानीय र राष्ट्रिय आउटलेटहरूको स्वामित्व राखेको छ । उनले न्यूज कर्पको अध्यक्ष पदबाट राजीनामा गरेको पाँच महिनापछि पाँचौं विवाहको कुरा आएको छ। तिनीहरूमा फक्स न्यूज, वाल स्ट्रीट जर्नल र प्रकाशन गृह हार्परकोलिन्स समावेश छन् ।
अहिले अध्यक्षको भूमिका अहिले उनका छोरा लाचलानले निभाइरहेका छन् ।
उनले हङकङमा मर्डोकको स्वामित्वमा रहेको स्टार टिभीमा काम गर्ने टेलिभिजन निर्माता वेन्डी डेङसँग विवाह गरे।
उनीहरु सन् २०१३ सम्म सँगै रहे । जब मर्डोकले सम्बन्ध विच्छेदको लागि निवेदन दिए । सम्बन्धविच्छेदपछिको सम्झौतापछि उनलाई १ अर्ब १० करोड पाउन्ड खर्च गरेको बताइएको छ ।
मर्डोकले यो खुसी आफ्नै मिडिया हाउस न्युयोर्क पोस्टसँग खुलासा गरेका छन् । उमेरका कारण यो उनको अन्तिम प्रेम पनि हुनसक्छ । उनी अहिले खुसी छन्। मर्डोकले चौथी श्रीमती जेरी हलसँग अगस्ट २०२२ मा सम्बन्धविच्छेद गरेका थिए।
मर्डोकको अघिल्लो तीन विवाहबाट ६ सन्तान छन्। दम्पतीले आफ्नो समय क्यालिफोर्निया, मोन्टाना, न्यूयोर्क र बेलायतमा बिताउने योजना बनाएका छन्।
मर्डोकले यसअघि अस्ट्रेलियाली फ्लाइट अटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटल्यान्डमा जन्मिएकी पत्रकार अन्ना मान र चिनियाँ मूलकी उद्यमी वेन्डी डेङसँग विवाह गरेका थिए। यी सबैसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ। रुपर्टले मार्च ११ मा आफ्नो ९२ औं जन्मदिन मनाएका थिए।
को हुन रुपर्ट मर्डोक ?
अस्ट्रेलियन मूलका अमेरिकी नागरिक रुपर्ट न्युयोर्कमा बस्छन्। उनी न्युज कर्पोरेसनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । उनको सम्पत्ति अहिले १९ करोड डलर छ। उनी फोब्र्सको अर्बपति सूचीमा ९९ औं स्थानमा छन्।
२०१३ देखि उनको सम्पत्ति बढ्दै गएको छ । उनको आम्दानी पत्रपत्रिका र टेलिभिजन च्यानलको व्यापारबाट हुने गरेको छ । अक्सफोर्ड विश्वविद्यालयबाट आर्ट्समा स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका छन् । मर्डोकले १९७६ मा न्युयोर्क पोस्ट किनेका थिए।
मर्डोकले मिडिया साम्राज्यमा केबुल च्यानल फक्स न्युज, द टाइम्स अफ लन्डन र द वाल स्ट्रिट जर्नल समावेश छन्।
मर्डोकले फक्सको अधिकांश चलचित्र स्टुडियो र नेसनल जियोग्राफिक नेटवर्कहरू र स्टार इन्डियामा रहेको आफ्नो सेयर डिज्नीलाई मार्च २०१९ मा ७१.३ अर्ब डलरमा बेचेका थिए।